Rule 20
सेवा उपभोगको शर्त
(१) यस नियमावली बमोजिम उपलब्ध गराइएको सेवा उपभोग गर्ने उपभोक्ताले पालन गर्नु पर्ने शर्त नेपाल सरकारले विकास गरी संचालन गरेको सिंचाइ प्रणालीको हकमा सम्बन्धित सिंचाइ कार्यालयले, ऐनको दफा ११ बमोजिम हस्तान्तरित सिंचाइ प्रणालीको हकमा सम्बन्धित उपभोक्ता संस्थाले र अनुमतिपत्र प्राप्त व्यक्तिले विकास गरी संचालन गरेको सिंचाइ प्रणालीको हकमा अनुमतिपत्र प्राप्त व्यक्तिले तोके बमोजिम हुनेछ । (२) उपनियम (१) बमोजिम शर्त तोक्दा ऐन, यो नियमावली तथा अनुमतिपत्र दिँदा तोकिएको शर्त विपरीत नहुने गरी तोक्नु पर्नेछ ।